काठमाडौँ – ग्यास सिलण्डर बिस्फोट भएर घाइते हुनुभएका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिने भएको छ ।
उनलाई उपचारको लागि दिउसो १ बजे श्री एयरलाइन्सको एयर एम्बुलेन्सबाट मुम्बइस्थित नेशनल स्किन बर्न सेन्टरमा लैजाने तयारी गरिएको नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य मोतीलाल भण्डारीले जानकारी दिए। सरकारले सांसद भण्डारीलाई थप उपचारका लागि भारत लैजानका लागि तयारी गरेको जनाएको छ ।
कीर्तिपुर अस्पतालले पनि सांसद भण्डारीको यथोचित उपचारका लागि नेपालमा सहज नभएको भन्दै देश बाहिर सुविधा सम्पन्न अस्पतालमा लैजान सिफारिस गरेको छ ।
बुधवार राति काठमाडौंको बुद्धनगरस्थित आफ्नै घरमा खाना पकाउने ग्यास सिलिण्डर बिस्फोट हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि कीर्तिपुर स्थित बर्न अस्पताल लगिएको थियो ।
सांसद भण्डारीकी ८६ बर्षीया आमा हरिकलाको भने उपचारका क्रममा बिहिबार बिहान १० बजेर ५७ मिनेटमा क्रममा निधन भएको थियो ।





प्रतिक्रिया