काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ग्यास सिलिन्डर बिस्फोटमा गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीको स्वास्थ्यलाभको कामना गरेका छन् ।
बिस्फोटमा परेर निधन भएकोमा उनकी आमा हरिकला भण्डारीप्रति प्रधानमन्त्री प्रचण्डले श्रद्धाञ्जली व्यक्त गरेका छन् । गएराति आफ्नै निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा चन्द्र भण्डारी र उनकी आमाको शरीर जलेको थियो ।
चन्द्रको २५ देखि ३० प्रतिशत र उनकी आमाको ७० प्रतिशत शरीर जलेको थियो । आमा हरिकलाको निधन भइसकेको छ ।
चन्द्रलाई थप उपचारका लागि मुम्बई लैजाने तयारी भइरहेको छ ।





प्रतिक्रिया