देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

डिल्लीराम खनाल पक्राउ

देशान्तर

काठमाडौँ – नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा विभिन्न टिप्पणी गरेर चर्चामा आएका डिल्लीराम खनाललाई पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमार्फत महिलालाई हिंसा हुने गरी अभिव्यक्ति दिएपछि उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको एसएसपी नविन्द अर्यालले बताए ।

नायिका करिस्मा मानन्धरले आफूलाई ‘डिजिटल भायोलेन्स’ गरेको भन्दै साइबर ब्यूरोमा किटानी जोहरी दिएकी थिइन् । एक युट्युब च्यानलसँगको अन्तरवार्तामा खनालले करिस्माको निजी जीवनबारे टिप्पणी गरेका थिए।

विद्युतीय कारोबार ऐन, २०६३ अनुसार म्याद थप गरेर विस्तृत अनुसन्धान थालिने एसएसपी अर्याल बताउँछन् ।