देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सात दलीय गठबन्धन ५ वर्ष चल्छ: मन्त्री पौडेल

देशान्तर

काठमाडौँ– उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सत्ता गठबन्धन पाँच वर्ष टिक्ने दाबी गरेका छन् । नेकपा एमालेले मिसन ग्रासरुट अभियान अन्तरगत शुक्रबार धनगढीमा आयोजना गरेको प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमलाई उद्घाटन गरेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले अहिलेको सत्ता गठबन्धनको सहयात्र‍ा काचो धागोमा अडिएको नभएकाले पाँच वर्षसम्म चल्ने दाबी गरेका हुन् ।

उनले बाहिर आएका हल्लाका पछाडि नलाग्न आग्रह गरेका छन् । ‘नेपाली राजनीतिमा हल्ला धेरै चल्छ । हल्ला एकातिर चल्छ । घटनाक्रम अर्कोतिर अगाडि बढ्छ । यो तपाईँहरु सबैलाई थाहा भएको विषय हो, त्यसकारण हल्लाका विषयलाई समाचारका विषय नबनाइदिन म पत्रकार साथीहरुलाई आग्रह गर्न चाहन्छु,’ पौडेलले भने, ‘नीतिगत कार्यक्रमको एकतामा जुन पृष्ठभूमीमा यो सरकार बनेको छ, यो काचो धागोमा अडिएको सहयात्रा होइन यो सहयात्रा ५ वर्ष चल्छ ।’

पौडेलले राष्ट्रपति, उपराष्ट्रपति लगायतका सबै पदहरुमा पूर्व सहमति नै कार्यान्वयन हुने उनको भनाइ छ । प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको आवश्यकता परेको भनिरहेको विषयलाई अन्यथा लिन नहुने बताएका मन्त्री पौडेलले सबै दल मिल्नुपर्छ भन्नु राम्रो कुरा भएको बताए ।