देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आजको मौसमः प्रदेश १ र पहाडी भुभागमा आंशिक बदली रहने

देशान्तर

काठमाडौं, ६ फागुन । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश नं १ को पहाडी भू–भागमा  आंशिक बदली रही देशका बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

उता राती भने  प्रदेश नं १, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश पहाडी भू–भागमा  आंशिक बदली रही बाँकी प्रदेशका भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको र तराईका थोरै भू–भागमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले सतकर्ता अपनाउन महाशाखाले जानकारी दिएको छ ।