देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अन्तर्राष्ट्रिय महिला दिवसका लागि राष्ट्रिय नारा सार्वजनिक

देशान्तर

काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ११३औँ अन्तर्राष्ट्रिय महिला दिवसका लागि राष्ट्रिय नारा ‘लैङ्गिक समानताको बलियो आधार: सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ सार्वजनिक गरेको छ । बुधबार मन्त्रालयका प्रवक्ता यमलाल भुषालले सो नारा सार्वजनिक गरिएको जानकारी दिए ।

राष्ट्रिय नाराका सन्दर्भमा महिलाको प्रविधिमा पहुँचको सुनिश्चितता गर्दै आर्थिक र सामाजिक सशक्तीकरणका निम्ति सहयोग गर्ने रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम आयोजना गरी सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले दिवस मनाउन थालिएको मन्त्रालयका उपसचिव ममता विष्टले बताए।

उक्त दिवस साझा अभियानका रूपमा सङ्घीय सरकारका सबै निकाय, सातै प्रदेश सरकार, जिल्ला समन्वय समिति महासङ्घ, नगरपालिका महासङ्घ, गाउँपालिका महासङ्घ, ७७ जिल्ला समन्वय समिति, सात सय ५३ स्थानीय तह एवम् वडा, नागरिक समाज, सामाजिक शैक्षिक तथा निजी सङ्घ संस्था तथा सबै सरोकारवाला निकायलाई दिवस भव्य, सभ्य र व्यवस्थितरूपले मनाउन मन्त्रालयले आह्वान गरेको छ ।

‘डिजिटल: लैङ्गिक समानताका लागि नवप्रवर्तन र प्रविधि’ भन्ने अन्तर्राष्ट्रिय नारासहित मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस साझा अभियानका रूपमा मनाइने भएको छ ।