देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चक्रपथ बिस्तारमा समस्या छैन : कुलमान घिसिङ

देशान्तर

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको कारण कुनैपनि ठाउँमा चक्रपथ बिस्तारमा समस्या नरहेको स्पष्ट पारेका छन् ।

बिहीबार दोस्रो चरणको चक्रपथ बिस्तार अन्तर्गत कलंकी – बसुन्धारा सडक खण्डकको अवलोकनका लागि उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदुत छन सङसँगै अनुगमन एवं निरीक्षणका लागि त्यहाँ पुगेका उनले यस्तो बताएका हो ।

उनले कलंकी – बसुन्धारा सडक खण्डमा अब १५ वटा पोल जति हटाउन बाँकी रहेको र ति पोलहरु १५ दिन भित्रमा हटाइसक्ने बताए । उनले विद्युत प्राधिकरणको कारण कुनैपनि ठाउँमा चक्रपथ बिस्तारको लागि समस्या नरहेको स्पष्ट पारे ।

त्यस्तै, काठमाडौं चक्रपथ सुधार योजनाकी योजना प्रमुख सजना अधिकारीले चक्रपथ बिस्तारको कलंकीदेखि बसुन्धरासम्म ८.२ किलोमिटर दोस्रो चरणमा सुरु हुन लागेको बताए। उनले जसअन्तर्गत रहेका करिब तीन सय बिजुलीका पोलहरु हटाइसकेको र अब २२ वटा पोलहरु मात्रै रहेकाले सडक बिस्तारका लागि कुनै समस्या नभएको बताए ।

उनले सडक छेउमा रहेका १९ वटा मन्दिरहरुमा गोंगबुमा रहेको मन्दिर बाहेक अन्य सबै मन्दिरहरु स्थानान्तरण गरिसकेको पनि बताए । उहाँले दोस्रो चरणमा चक्रपथ बिस्तार कलंकीदेखि बसुन्धारासम्म मात्रै रहेको बताए ।

दोस्रो चरणको चक्रपथ बिस्तार अन्तर्गत आज बिहान मन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदुत छन सङ, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह लगायतले सडक अनुगमन एवं निरीक्षण गरेका थिए ।