देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

त्रिविमा शुक्रबार शोक बिदा, परीक्षा भने चल्ने

देशान्तर

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले शुक्रबार शोक बिदा दिने निर्णय गरेको छ । त्रिवि सेवा आयोगका पूर्वअध्यक्ष प्राध्यापक चूडाराज उप्रेतीको फागुन ८ मा भएको निधनमा शोक व्यक्त गर्दै त्रिविले फागुन १२ गते शुक्रबार शोक बिदा दिने निर्णय गरेको हो ।

पूर्वनिर्धारित परीक्षाहरू यथावत् सञ्चालन हुने गरी त्रिवि केन्द्रीय कार्यालयलगायत सबै आंगिक क्याम्पस तथा कार्यालयहरूलाई शोक बिदा दिने निर्णय भएको रजिष्ट्रार कार्यालय सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले विज्ञप्ति निकालेर जानकारी गराएका छन् ।