देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमण अन्तिम समयमा रोकियो

देशान्तर

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण अन्तिम समयमा राेकिदिएका छन्  । आज बेलुकी ६ बजे जेनेभा जान लाग्नुभएका पौड्यालको भ्रमण दिउँसो साढे ३ बजेतिर प्रधानमन्त्री कार्यालयबाट फोन आएपछि रोकिएको मन्त्री पौड्यालकी सञ्चार संयोजक यशोदा अधिकारीले जानकारी दिइन्।

मन्त्री पौड्यालले आजै बिहान ११ बजे पत्रकार सम्मेलन गरेर आफू जेनेभा जान लागेको जानकारी दिएकी थिइन् ।  संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार परिषद्को बैठकमा  नेपालले मानव अधिकारको क्षेत्रमा हासिल गरेको उपलब्धिबारे उनले सम्बोधन गर्ने कार्यक्रम रहेको  थियो ।मन्त्री पौड्याल बैठकमा भाग लिएर कतारको दोहामा हुने अतिकम विकसित राष्ट्रहरूको सम्मेलनमा सहभागी हुने कार्यक्रम पनि थियो ।