देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई भोट माग्दै देउवाले पठाए ओलीलाई पत्र

देशान्तर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाउनु भएको छ।

सभापति देउवाले लेखेको पत्र कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बालकोट पुगेर ओलीलाई बुझाउनु भएको छ । देउवाले लेख्नु भएको पत्र आफै एमाले अध्यक्ष ओलीजीलाई घरमै पुगेर दिएको मुख्यसचिव पौडेलले वताउनु भयो । देउवाले लेखेको पत्रमा राष्ट्रपति निर्वाचनमा रामचन्द पौडेललाई सहयोग गर्न आग्रह गरिएको छ।

नेकपा एमालेले पनि राष्ट्रपतिमा नेता सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ। राष्ट्रपतिमा मनोनयन दर्ता गरेकाहरूले फिर्ता लिन चाहे आज फिर्ता लिने समय छ।