देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राजपालाई चुनावमा ल्याउन फेरि ऐन संशोधन गर्ने तयारी

देशान्तर

काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपा नेपाललाई चुनावमा सहभागी गराउन सजिलो हुने गरी सरकारले फेरि ऐनमा संशोधन गर्ने भएको छ ।

 

आज बसेको मन्त्रीपरिषद बैठकले राजनीतिक दल दर्तासम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न संसद सचिवालयमा विधेयक दर्ता गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

 

६ वटा मधेश केन्द्रित दल एकीकरण बनेर बनेको राजपालाई यसअघिकै कुनै एक चुनाव चिन्ह लिन पाउने गर त्यो चुनाव चिन्ह लिएर चुनाव लड्ने सबै उम्मेद्वार राजपाको हुने गरी एने संशोधन गर्न लागिएको हो ।