देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढयाे

देशान्तर

काठमाडौं – सरकारले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको हो ।

किसानले दूधको उचित मूल्य पाउन नसकेको गुनासो गरिरहेको बेला किसानको हितलाई ध्यानमा राखी दूधको न्यूनतम मूल्य निर्धारण गरिएको हाे।

किसानले पाउने दूधको न्यूनतम मूल्य अब प्रतिलिटर ५६ रुपैयाँ ४० पैसा बाट बढेर ६५ रुपैयाँ ५० पैसा बनाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

अब उपभोक्तालाई दूधको मूल्य कम्तीमा प्रतिलिटर १० रुपैयाँ बढ्नेछ ।  प्याकेटको दूध प्रतिलिटर ८६ रुपैयाँमा बिक्री हुँदै आएकाेमा अब सो दूधको मूल्य ९६ रुपैयाँ पर्नेछ ।