काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी शीतलनिवासबाट तत्कालका लागि छोरीको घरमा जाने भएकी छन् । सोमबार नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएसँगै भण्डारी शीतलनिवासबाट बाहिरिन लागेकी हुन् ।
भण्डारीको कार्यकाल गए रातिदेखि सकिएको छ ।
भण्डारी यसअघि काठमाडौंको बूढानीलकण्ठस्थित निजी निवासमा सर्ने तयारीमा थिइन् । तर, त्यहाँ मर्मतको काम बाँकी रहेकाले तत्कालका लागि छोरीको घरमा बस्ने उनका स्वकीयसचिव भेषराज अधिकारीले जानकारी दिए । “निवास तयार भएको छैन । छोरीको घरतिर जानुहुन्छ होला,” उनले भने ।
उनका अनुसार भण्डारीको छोरीको घर काठमाडौंकै महाराजगन्ज, बानियाँटार क्षेत्रमा पर्छ ।





प्रतिक्रिया