देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

व्यवसायमैंत्री कानून निर्माणमा आफू लागिपर्ने सभामुख घिमिरेको प्रतिवद्धता

देशान्तर

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले व्यवसायमैंत्री कानून निर्माणका लागि आफू सधैं तयार रहेको बताउनु भएको छ ।

उहाँले उद्योग व्यवसायमैंत्री कानून निर्माण गर्नका लागि राजनीतिक दलहरु र सांसदहरुसँग सहजीकरण गर्न पनि आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

शनिबार ललितपुर उद्योग वाणिज्य संघले आफ्नो स्थापना दिवसको अवसर पारेर आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले मुलुक भित्रै उत्पादन वृद्धि गर्ने, रोजगारी सृजना गर्ने, नेपालमा हुने आयात प्रतिस्थापन गरी निर्यात बढाउनका लागि कानूनको अभाव हुन नदिन आफू सचेत रहेको बताउनु भयो ।

व्यापार गरी नाफा कमाउनु व्यवसायीहरुको धर्म भएपनि सामाजिक उत्तरदायित्व बहन गरी मुलुकको दीगो विकासमा अझै बढि योगदान पु¥याउन पनि उहाँले व्यवसायीहरुलाई आग्रह गर्नु भयो ।

सभामुख घिमिरेले मुलुकको अर्थतन्त्रलाई सही बाटोमा अघि बढाउनका लागि सम्बन्धित सबै पक्षले सामूहिक प्रयास गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो । उहाँले मुलुकको अर्थतन्त्रलाई खल्बल्याउने खालका कुनै पनि गतिविधि हुन नहुने बताउनु भयो ।