देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आफ्नौ घर परिवारमा सुरक्षित छैनन महिला!

देशान्तर

काठमाडौं- युथ लिगल सोसाइटीले आज बसन्तपुरमा  महिला हिंसाका घटनविरुद्ध चेतनामूलक कार्यक्रम गरेको छ।  सोसाइटीका केन्द्रीय सचिव एकराज बस्नेतले समाजमा केही राम्राे काम गर्न सकिन्छकी भनेर अभियान चलाएकाे बताए ।
उनले भने, ‘ २१ औ शताब्दीमा आएर पनि महिलाहरु हेप्नु भनेको देश बिकास हुन नसक्नु हो।’ उनले वर्षमा एकदिन मात्र महिला दिवस भनेर कार्यक्रम गरेर झारा टार्ने काम गर्न नहुने भन्दै ३६५ दिनलाई नै महिला दिवसकाे रुपमा मनाउनु पर्ने बताए ।
छोरीचेलीहरु आफ्नौ घर परिवारमा सुरक्षित छैनन।हाम्रो देशमा कानुन,एेन हुदा हुदै पनि दिनै महिला दिदीबहिनीहरु सुरक्षित छैनन् उनले भने। दाइजोको नाउमा त कहिले छाउपडिको नाउमा यी र येस्ता घटना कहिले सम्म ?
कानुन आध्ययनरत विद्यार्थीले समाज परिवर्तनको लागि खोलिएको यस संस्थाले स्थापना कालदेखि नै समाज परिवर्तनको लागि  जनमाजमा कानूनी ज्ञान फैलाउन विविध काम गर्दै आएको छ ।
 उपाध्यक्ष प्रलब पराजुलीले  संविधान,एेन मा पनि महिलाको हक अधिकारको बारेमा भनिएको छ तर त्यो उचित ढंगबाट कार्यान्वयन हुन नसिकरहेकाे बताए ।साथैसरकारले पनि महिलाहरुलाइ सम्मान रुपमा ब्यवहार गर्नुपर्नेमा जाेडदिए ।
 प्रबक्ता रेजिना पाण्डेले कार्यक्रम  सफलतापूर्वक सम्पन्न भएको र कार्यक्रमप्रति  बाटोमा हिडिरहेका मानिसहरूले पनि रुची देखाएकाे बताए   अरुले बोल्छ अनि बोल्ने होईन अब आवाज उठाउने र सरकारलाई जवाफदेही बनाउनु पर्छ भन्ने उनकाे भनाई थियाे।