देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जनसरोकारका विषय पहिचान गर्न एमालेको निर्देशन

देशान्तर

काठमाडौं–  नेकपा (एमाले)ले जनसरोकारको विषय पहिचान गर्न पार्टीका स्थानीय कमिटीहरुलाई निर्देशन दिएको छ । एमालेका उपमहासचिव विष्णु रिमालले एमाले उपत्यका विशेष प्रदेश कमिटीले मंगलबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको ‘अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण’ कार्यक्रम बोल्दै जनसरोकारका विषय पहिचान गर्न पार्टीका सबै पालिका स्तरीय कमिटीहरुलाई निर्देशन दिएका हुन् ।

उनले चैत्रको २० गतदेखि २५ गतेसम्म ५ दिन पालिका स्तरका जनसरोकारको विषयमा रिर्पोटिङका लागि पालिकास्तरीय कमिटीहरुलाई समय तोकिएको पनि स्मरण गराए ।

त्यसैगरी २५ गतेदेखि ३० गतेसम्म जिल्लाले आफ्नो सो विषयको रिर्पोट बनाउनुपर्ने उपमहासचिव रिमालको भनाई छ । उनले भने, ‘जनसरोकारको विषयको पहिचान गर भनेर भनेका छौं । यो चाँही ७५३ वटै स्थानीय तहबाट हुनु प¥यो । ती कमिटीहरुबाट हामीले सुझाव मागेका छौं । जनसरोकारको पहिचान भन्नेमा हामीले सो क्षेत्रको पहिचान गर्नु प¥यो । तपाईहरु जुनजुन पेशा र व्यवसायमा हुनुहुन्छ । त्यो पेशा र व्यवसायको पहिचान पनि त्यसमा राख्नु प¥यो । भौतिक पूर्वाधारको क्षेत्रमा के छ ? किसानहरुले भोगिरहेका समस्या के छन ? पार्टीले आउने यो महिनाको २० गतेबाट २५ गतेसम्म हामी पालिका तहको रिर्पोटिङ तयार गर्नेछ यही विषयमा ।’

उपमहासचिव रिमालले पार्टीका स्थानीय कमिटीहरुले किसानले भोगीरहेका समस्याबारे, त्यहाँको भौतिक पूर्वाधार क्षेत्रको विकासबारे पनि पार्टीको माथिल्लो कमिटीलाई रिर्पोटिङ गर्नुपर्ने योजना तय गरिएको बताए ।

पार्टीले जनताको पक्षमा काम गर्नका लागि पनि पार्टी कमिटीहरुले रिर्पोटिङको कामलाई अघि बढाउनुपर्ने उनको तर्क छ ।