देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माइतीघरमा किसान आन्दोलन

देशान्तर

काठमाडौं । कम्युनिस्ट दल आबद्ध किसान संघ तथा संगठनहरूले आज प्रदर्शन गरेका छन ।

विभिन्न मागहरू राख्दै आज माइतीघरमा ६ वटा किसान संघ तथा संगठनहरू (अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (अप्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन, अखिल नेपाल प्रगतिशील किसान संघ) मिलेर संयुक्त किसान संघर्ष समितिको नाममा संयुक्त प्रदर्शन गरेका हुन ।

प्रर्दशनकारीहरूले किसान एकता जिन्दावाद, किसानहरू गर्जन्छ किसानमारा थर्कन्छन्, किसान माथिको वित्तीय शोषण अन्त्य गर, बढ्दो महंगी नियन्त्रण गर, विषादी युक्त खाद्यान्न आयात बन्द गर जस्ता नारा लगाएका थिए ।