देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भरतपुर–१९ को फैसला असार ६ गते हुने

देशान्तर

काठमाण्डौ । सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका–१९ मा फेरि मतदान गराउने मुद्दाको सुनुवाइ फेरि सरेको छ । हिजै सुनुवाइ हुने भनिएकोमा हेर्न नभ्याइएकाले यसको सुनवाई असार ६ गतेलाई सारिएको सर्वाेच्च अदालतले जनाएको छ ।

कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृृष्ण कार्कीको संयुक्त इजलासमा मंगलबार यो मुद्दाको सुनुवाइ राखिएता पनि हेर्न नभ्याइने भएपछि असार ६ गते सुनुवाइ तय भएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो ।

यसअघि यही जेठ २८ गते न्यायाधीश विश्म्भरप्रसाद श्रेष्ठ र प्रकाशमानसिंह राउतको संयुक्त इजलासमा पेसी तोकिएको थियो तर त्यसबेला पनि हेर्न नभ्याइने भन्दै हिजोका लागि पेसी तोकिएको थियो ।

न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले यही जेठ २२ गते भरतपुर महानगरपालिका–१९ मा निर्वाचन आयोगको फेरि मतदान गराउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।