देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारलाई सुझाव दिनु ‘भैंसीलाई वीन बजाए’ जस्तै हो : ओली

देशान्तर

काठमाडौं -नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई सुझाव दिनुको कुनै अर्थ नरहेको बताएका छन् ।

भैंसीको अगाडि वीन बजाउनु र वर्तमान सरकारलाई सुझाव दिनु उस्तै रहेको ओलीको कटाक्ष थियो ।शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा जारी जुत्ता–चप्पल मेला अवलोकन गर्न पुग्नु भएका उहाँले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सरकारले आफूहरुले दिएको सुझावको मतलव नै नराख्ने जिकीर समेत गरे ।

अध्यक्ष ओलीले नेपालमा जुत्ता–चप्पल उद्योगको दिगोपनाका लागि अवैध रुपमा भित्र्ने जुत्ता चप्पल सरकारले नियन्त्रण गर्नुपर्ने आवश्यक्ता औंल्याए । त्यसैगरी उनले नेपाली उद्योगको प्रवद्र्धनका लागि सरकारले कच्चा पदार्थको आयातलाई सहज र सस्तो बनाउनुपर्ने बताए ।

ओलीले स्वदेशी बस्तुको उत्पादनमा बढावा दिनका लागि सरकारले नै स्वदेशी बस्तुको उपयोग हुने खालको नीतिलाई जोड दिनुपर्ने पनि बताए ।