देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आइजिपी बढुवा विवादको मुद्दाको सुनुवाइ फेरी सर्यो

देशान्तर

काठमाण्डौँ । नेपाल प्रहरीको आइजिपी बढुवा विवाद सम्बन्धी मुद्दाको सुनुवाइ फेरी सरेको छ । जेठ १७ गते वृहत् पूर्ण इजलासमा हेर्दाहर्दैमा रहेको मुद्दा आज दैनिक पेसीबाट हटाइएको सर्वोच्चले जनाएको छ ।

सरकारले आफूभन्दा कनिष्ठलाई आइजिपि बनाएको भन्दै डिआईजी नवराज सिलवालले सर्बोच्चमा मुद्धा दायर गरेका थिए ।

सरकारले रिक्त प्रहरी प्रमुखको पदमा डिआईजी जयबाहादुर चन्दलाई नियुक्त गरेपछि रोलक्रम अनुसार आफुभन्दा कनिष्ठलाई आइजिपि बनाएको भन्दै परेको रिटमाथि सुनुवाई गर्दै सर्बोच्चले पहिलेको निर्णय खारेज गरि रोलक्रम र कार्यसम्पादन मुल्यांकनका आधारमा अर्को ब्याक्तिलाई आइजिपि बनाउन आदेश दिएको थियो ।