देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘छक्कापञ्जा ४’ हेर्न कीर्तिपुर पुगे माधव, झलनाथसहितका नेता

देशान्तर

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले कीर्तिपुर पुगेर फिल्म ‘छक्कापञ्जा ४’ हेरेका हेर्नुभएको छ ।

दीपकराज गिरी, दीपाश्री निरौला र बेनिशा हमालको शीर्ष भूमिका रहेको यो पोलिटिकल ड्रामा हेर्न नेपाल, खनालसहित एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा, पूर्वपर्यटनमन्त्री जीवनराम श्रेष्ठलगायत आइतबार दिउँसो साढे १२ बजेको शोमा फिल्म हेर्न कीर्तिपुर सिनेप्लेक्स पुग्नुभएको थियो ।

नेताहरुले आफैं नै टिकट खरिद गरेर फिल्म हेरेका हुन् । नेताहरुको यो हाइप्रोफाइल शोमा भाग लिन दीपाश्री, कार्यकारी निर्माता तथा अभिनेता निर्मल शर्मा, केदार घिमिरे ‘माग्ने बुढा’ र अभिनेत्री बेनिशा हमाल पनि कीर्तिपुर पुगेका थिए ।

फिल्म हेरिसकेपछि नेता नेपाल र खनालले फिल्म मन परेको प्रतिक्रिया दिएको निर्माता शर्माले जानकारी दिनुभएको छ । दर्शकसँगै हलको अघिल्लो लहरमा बसेर उहाँहरुले फिल्म हेर्नुभएको थियो ।

निर्माता तथा अभिनेता दीपकराज गिरीले आफूले निम्तो नदिएपनि नेताहरुले आफैंले टिकट काटेर फिल्म हेरेको बताउनुभएको छ । हेमराज बीसी निर्देशित फिल्म तेस्रो सातामा प्रदर्शन भइरहेको छ ।