देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उपनिर्वाचनका लागि पर्यवेक्षक संस्थालाई निवेदन

देशान्तर

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई अनुमतिका लागि निवेदन माग गरेको छ ।

आगामी बैशाख १० मा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई अनुमतिका लागि निर्वाचन आयोगले निवेदन माग गरेको हो।

आयोगले सोमबार सूचना प्रकाशन गरी पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई आवश्यक कागजातसहित निवदेन दिन आग्रह गरेको हो ।

निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ को अनुसूची २ बमोजिमको तोकिएको ढाँचामा सात दिनभित्र निवेदन दिन आग्रह गरिएको हो ।

उपनिर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम सञ्चालन भइरहेको छ ।

आयोगको निर्णयबमोजिम चितवन निर्वाचन क्षेत्र नं। २, तनहुँ निर्वाचन क्षेत्र नं १ तथा बारा निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनमा हुन लागेको हो ।