देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

युवा नेता थापा भन्छन्: सबैदललाई समेट्न चुवाव सार्यौँ

देशान्तर

भद्रपुर । नेपाली काँग्रेसका युवा नेता गगन थापाले सबै राजनीतिक दललाई निर्वाचनमा सहभागी गराउन प्रदेश नं २ को निर्वाचन मिति सारिएको बताउका छन् ।
नेपाल प्रेस युनियन, झापाद्वारा आज यहाँ आयोजित भेटघाट कार्यक्रममा उनले भने – “रणनीतिक तहमा काँग्रेसका लागि अप्रिय भए पनि देश र जनताको हितमा निर्वाचन मिति सारिएको हो ।”

 

काँग्रेस केन्द्रीय प्रचारप्रसार समितिका सहसंयोजकसमेत रहनुभएका नेता थापाले आसन्न स्थानीय तहकोे निर्वाचनमा काँग्रेसको हरेक गतिविधिलाई जनताको माझमा पु¥याउन सञ्चारकर्मीलाई आग्रह गर्दै जनतालाई निर्वाचनमा अधिकभन्दा अधिक सहभागी गराउन र निर्वाचनप्रति जनताको उत्साह बढाउन काँग्रेसले स्थापना गरेको मिडिया सेन्टरबाट आमजनता लाभान्वित भएको बताए ।
नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष कृष्ण हुमागाईंको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा मिडिया सेन्टरका प्रमुख सुरेशकुमार आचार्यले पनि स्थानीय निकाय, निर्वाचन र काँग्रेसको भूमिकाका विविध पक्षमाथि प्रकाश पारे ।