देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बालिका बलात्कारमा दोषी ठहरिएका व्यवसायी चटौतलाई १८ वर्ष कैद सजाय

देशान्तर

काठमाडौं – बालिकालाई बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका कञ्चनपुरका व्यवसायी सुशील चटौतलाई १८ वर्ष कैद सुनाइएको छ।जिल्ला अदालत ललितपुरकी न्यायाधीश सीता अधिकारीको इजलासले उनलाई १८ वर्ष एक महिना कैद सजाय सुनाएको हो।

स्रेस्तेदार विष्णु पाण्डेका अनुसार चटौतबाट पीडितलाई ८ लाख क्षतिपूर्ति भराउने फैसलामा उल्लेख छ।सरकारी वकिल कार्यालयले सुशीललाई १८ देखि २० वर्ष कैद सजाय माग गरेको थियो।
चटौतले आफ्नै संरक्षणमा रहेकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै गएको वैशाख ११ गते सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।

चटौत कालंगा हाइड्रोपावर लगायत कन्स्ट्रक्सन, ट्रान्सपोर्ट, होटलजस्ता व्यापारमा संलग्न छन्। लामो समय बलात्कारबारे कसैलाई भन्न नसकेकी १३ वर्षीया बालिका आफू बस्दै आएको घरबाट भागेर राज्यको संरक्षणमा पुगेकी थिइन्।