देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माधव नेपाललाई योगेशको प्रश्न– होसमा हुनुहुन्छ कि हुनुहुन्न ?

नेपालको बोलि शंकास्पद

देशान्तर

काठमाडौं – नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट संसद विघटन हुँदैछ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन्।

बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचिव भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेबाट संसद विघटन हुँदैछ भनेर अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाए ।

उनले अध्यक्ष नेपालको बोलि शंकास्पद रहेको पनि बताए। उनले नेपाल दुरुस्त भएर बोलेको जस्तो नलागेको भन्दै होसमा हुनुहुन्छ कि हुनुहुन्न भनेर प्रश्न समेत गरे । सचिव भट्टराईले एमाले प्रतिपक्षमा भएको भन्दै प्रतिपक्षमा भएको पार्टीले कसरी संसद विघटन गर्छ भनेर पनि प्रश्न गरे।

उनले काँग्रेस सभापतिले भविष्यमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्नसक्ने कुरा अभिव्यक्त गरेकोमा काँग्रेस ब्युँझिएको टिप्पणी गरे । उनले काँग्रेस नेतृत्वमा सरकार बन्नु संवैधानिक अधिकार भएपनि काँग्रेसले सो अधिकारको प्रयोग गर्न नसकेको बताए । उनले अहिले काँग्रेस आफ्नो हैसियतमा नरहेको बताए ।सचिव भट्टराईले देशमा तमाम समस्याहरु भएपनि नेपाली काँग्रेस रमिते बनेर बसिरहेको बताए ।