देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दार्चुलामा दुई जनाको शव फेला

देशान्तर

दार्चुलामा एक किशोर र किशोरी मृत अवस्थामा शव फेला परेको छ । नौगाड गाउँपालिका–४ सिप्टी जाने बाटो बासिडाँडामा अन्दाजी २३÷२४ वर्षका किशोर र किशोरीको शव फेला परेको हो। किशोरीको शव चोटपटक लागेको अवस्थामा फेला परेको छ। किशोरको शव भिरमा अडकिएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले मृतक किशोरी नौगाड गाउँपालिका–४ की सञ्जिता धामी रहेको बताउनु भयो । उनको शव भन्दा करिब ४०÷५० मिटर तल भिरमा किशोरको शव अड्किएको अवस्थामा फोला परेको छ । उनको सनाखत हुन नसकेको प्रहरिले जनाएको छ ।