देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ भन्छन्, – ‘म राजनीतिक सन्यासी हुँ’

सुरक्षा निकायहरुमा योग शिविर संचालन गर्ने घाेषणा

देशान्तर

 

काठमाडौं – उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालय र मातहतका सबै सुरक्षा निकायहरुमा योग तथा ध्यान शिविर संचालन गर्ने घोषणा गरेका छन् ।

योग र ध्यानले सही ढंगले काम अघि बढाउन मद्दत गर्ने भन्दै उनले गृह मन्त्रालय र मातहतका सबै सुरक्षा निकायहरुमा त्यसलाई संचालनमा ल्याउने र नियमित गर्नका लागि पहल गर्ने बताए  ।

श्रद्धेय धम्मवती गुरुमाँ विशेष सामूहिक धम्मपूजा आयोजक समितिले शुक्रबार काठमाडांैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले ध्यान र योगले फाईदा गर्ने भएकाले आफूले प्रधानमन्त्री पुष्पकमल दाहाललगातका नेताहरुलाई पनि केही समय ध्यानमा लगाउन भन्ने गरेको  बताए। आफूमा योग र ध्यानको आशक्ति रहेको र दुई पटक त्यसका लागि आफू २० दिन ध्यानमा बसेको उनले स्मरण गराए।

उपप्रधानमन्त्री श्रेष्ठले यस अघि आफूले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको रुपमा त्यहाँ पनि योग तथा ध्यान शिविर संचालन गर्न खोजेको तर समय अभावका कारण त्यसलाई लागू गर्न असमर्थ भएको समेत बताए ।
उपप्रधानमन्त्री श्रेष्ठले फोहोरी राजनीतिलाई सफा गरेर देशलाई बनाउनुपर्ने दोहो¥याए । उनले आफू सन्यासी भएको पनि त्यस अवसरमा उल्लेख गरे।

उपप्रधानमन्त्री श्रेष्ठले काठमाडौं महानगरपालिकालाई सिंहदरवार, शीतल निवास र बालुवाटारको फोहोर उठाउदिन भन्न नमिल्ने बताए । कुनै एउटा सन्दर्भलाई लिएर काठमाडांै महानगरपालिका मेयर बालेन साहले भनेको प्रसंगलाई उधृत गर्दै उनले त्यसो भन्न मिल्छ कि मिल्दैन ? भनेर सोची दिन पनि आग्रह गरे ।