देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संविधान संशोधन नभई हुने निर्वाचनमा भाग लिदैँनौ : नेता महतो

देशान्तर

काठमाडौँ । राष्ट्रिय जनता पार्टीले संविधान संशोधन नभई हुने स्थानीय तहको निर्वाचनमा पार्टीले भाग नलिने पुनः स्पष्ट पारेको छ ।

 

राजपाको मागअनुसार संविधान संशोधनलाई प्राथमिता दिन ठूला तीन दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सँग आग्रह गर्दै सो पार्टीले सरकार तराई, मधेसका जनताको मागप्रति गम्भीर हुन नसकेको आरोप लगाएको छ ।

 

राजपाका अध्यक्ष मण्डलका सदस्य एवम् नेता राजेन्द्र महतोले आज आयोजित साक्षात्कारमा स्थानीय तहको असार १४ गते हुने निर्वाचनमा पार्टीले भाग नलिने जानकारी दिँदै पार्टीले प्रदेश नं २ को निर्वाचन सार्न सरकारलाई कुनै आग्रह गरेको छैन भने ।

 

उनले भने, “संविधान संशोधन नभई हुने निर्वाचनमा हामी भाग लिदैँनौ, संविधानलाई वैधानिकता दिई आफ्नो खुट्टामा आफैँ बञ्जरो हान्ने काम गर्दैनौँ ।”

 

नेता महतोले राजपाले आफ्नो माग संवैधानिक दायराबाट समाधान होस् भन्ने चाहेको चर्चा गर्दै गणतन्त्र स्थापनाका लागि मधेसी जनताले निर्वाह गरेको भूमिकालाई बिर्सन नहुनेमा पनि जोड् दिए ।