देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

समर्थकको गाली खाएकी किशोरीसँग सांसद रवि लामिछाने माफी मागे

देशान्तर

काठमाडौं । समर्थकको गाली खाएकी किशोरीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ का नवनिर्वाचित सांसद रवि लामिछाने माफी मागेका छन् ।

ती किशोरीले उपनिर्वाचनमा लामिछाने टुरिष्ट उम्मेदवार भएकाले कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठलाई मतदान गर्छु भन्दै एक अन्तर्र्वार्ता दिएकी थिइन् ।

लामिछानेको विरुद्धमा बोलेको भन्दै समर्थकहरु ती किशोरीमाथि खनिएका थिए । चितवन २ बाट सानदार जीत निकालेपछि बुधबार किशोरीको घरमै पुगेर लामिछानेले माफी मागेका छन् ।

उनले लोकतन्त्रमा बोल्न पाइने भन्दै आफूलाई लागेको कुरा निर्धक्क भन्न आग्रह गरेका थिए ।

आफूले गाली नगरेको भन्दै रविले भनेका छन्, ‘सरी नानु । म यसरी बसेर सरी भन्छु, तपाईं छोरी जस्तो बहिनी जस्तो मान्छे । जसले गाली गरे पनि मैले भनेर गरेको होइन । जसले गाली गरेको भए पनि उनीहरूको तर्फबाट म माफी माग्छु ।’