देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तेह्रथुममा ७८६ जनाद्वारा मनोनयन दर्ता

देशान्तर

तेह्रथुम । यही असार १४ गते दोस्रो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि दलले उत्साहपूर्वक उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

 

जिल्लाको दुईवटा नगरपालिका र चार गाउँपालिकामा २२७ पदका लागि ७८६ जनाले मनोनयन दर्ता गराएका छन् । जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईका अनुसार म्याङलुङ नगरपालिकामा ५२ पदका लागि १८६ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । लालीगुराँस नगरपालिकामा ४७ पदका लागि १४९, आठराई गाउँपालिकामा ३७ पदका लागि १३१, फेदाप गाउँपालिकामा २७ पदका लागि ८८, मेन्छ्यायेम गाउँपालिकामा ३२ पदका लागि १०० र छथर गाउँपालिकामा ३२ पदका लागि १३२ जनाले मनोनयन दर्ता गराएका छन् ।

 

प्रमुख-अध्यक्ष पदमा म्याङलुङ नगरपालिकामा नौ, लालीगुराँस नगरपालिकामा सात, मेन्छ्यायेम गाउँपालिकामा चार, फेदाप गाउँपालिकामा पाँच, आठराई गाउँपालिकामा छ तथा छथर गाउँपालिकामा ११ जनाले मनोनयन दर्ता गराएका छन् भने उपप्रमुख-उपाध्यक्षमा म्याङलुङ नगरपालिकामा छ, मेन्छ्यायेम नगरपालिकामा चार, फेदाप र लालीगुराँस गाउँपालिकामा चार-चार, आठराईमा पाँच तथा छ थरमा छ जनाले मनोनयन दर्ता गराएका छन् ।

 

यस्तै, ४३ जना निर्वा्चित हुने वडाध्यक्षका लागि १६९, महिला सदस्य पदका लागि १३४, दलित महिला सदस्यमा ११७ र ८६ खुला सदस्यमा २९३ जनाले मनोनयन दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

चौध वटा दल दर्ता भएकामा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति नेपाल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेकपा (माले), राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र मधेसी जनअधिकार फोरमले मात्र उम्मेदवारी दिएका छन् ।