देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बरिष्ठ नेता डा कोइरालाले आजबाट कांग्रेसमा रुपान्तरणका लागि देशव्यापी अभियान सञ्चालन गर्ने

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता डा शेखर कोइरालाले आजबाट कांग्रेसमा जागरण तथा रुपान्तरणका लागि देशव्यापी अभियान सञ्चालन गर्ने भएका छन् ।

विराटनगरमा कार्यकर्ता भेटघाट र भेला गरेर देशव्यापी अभियान थाल्ने डा। कोइरालाले बताए । कोइरालाले यो अभियानका क्रममा सबै जिल्ला पुगेर कार्यकर्ता र जनतासँग पनि भेट्ने र कुरा सुन्ने बताएका छन् ।

उनले भने, ‘आज विराटनगरबाट मैले देशव्यापी अभियान थाल्दैछु । कांग्रेसका कार्यकर्तालाई भेट्छु र निराश नहुन भन्छु । अहिले ठाउँ ठाउँमा कांग्रेसका कार्यकर्ताले पार्टी छाडेका खबर आइरहेका छन्, म त्यसलाई रोक्न प्रयास गर्छु । यसक्रममा म जनतालाई पनि भेट्छु ।’

कांग्रेसको १४औं महाधिवेशनमा सभापति पराजित भएका कोइरालाले १५औं महाधिवेशनको समेत तयारी थालेका छन् । उनले सरकारका गलत कामको आफूले भण्डाफोर गर्ने समेत बताएका छन् ।