देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रुस–युक्रेन आक्रमणको ४३० दिन पूरा, आक्रमणमा २५ जनाको मृत्यु

देशान्तर

एजेन्सी । किभले रुसी कब्जामा रहेका शहर फिर्ता लिन ठूलो कारबाहीको तयारी गरिएको बताएको केही समयमै रुसले विभिन्न शहरमा एकैसाथ ठूलो मात्रामा हवाइ आक्रमण

रुसको हवाइ आक्रमणमा युक्रेनमा कम्तीमा २५ जनाको मृत्यु भएको छ ।

शुक्रबार डिनिप्रो र उमान शहरमा भएका आक्रमण पछिल्ला दुई महिनायताकै ठूला आक्रमण भएको अधिकारीहरूले बताएका छन् ।

रुसी सेनाले अधिकांश शहरमा आवसीय भवनलाई निशाना बनाएर आक्रमण गरेको छ ।

मिसाइल आक्रमणले ध्वस्त भएका भवनमा अग्निनियन्त्रक र उद्धारकर्मीले लगातार उद्धार गरिरहेका छन् ।

आवासीय भवनलाई निशाना बनाइएका २३ मध्ये २१ क्रुज मिसाइल निस्तेज पारिदिएको युक्रेनी सेनाको दाबी छ ।

युक्रेनले रुसमाथि लगातार युद्ध अपराधको आरोप लगाउँदै आएको छ ।

मस्कोले भने जानीजानी आवसीय भवनलाई निशाना नबनाएको प्रष्टीकरण दिएको छ । रुसले युक्रेनमाथि आक्रमण जारी राखेको ४३० दिन पुगेको छ ।