देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

किसानले उठाएका जायज माग पूरा गर्न सम्बन्धित मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन

देशान्तर

काठमाडौं । यही वैशाख ५ गतेदेखि काठमाडौंको वसन्तपुरमा आमरण अनशन बस्नुभएका नुवाकोटका श्रीराम घिमिरेले उठाएका जायज माग पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

आमरण अनशन बस्नुभएका नुवाकोटका किसानले उठाएका जायज माग पूरा गर्न प्रधानमन्त्रीले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको हो ।

मुख्यसचिव शंकरदास बैरागीमार्फत माग सम्बोधन गर्न निर्देशन दिनुभएका प्रधानमन्त्री प्रचण्डले शुक्रबार साँझ मुख्यसचिवसहित कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माबाट अनशनकारीको स्वास्थ्य अवस्था एवं माग सम्बोधनमा भइरहेको प्रगतिबारे जानकारी लिनुभएको हो ।

कृषि मन्त्रालयका सचिव शर्माले मन्त्रालयले अनशन बसेको जानकारी आएलगत्तै अनशनस्थलमा पुगेर माग सम्बोधनको प्रयास गरेको जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डले सरकार जनसरोकारका मुद्दामा अत्यन्तै संवेदनशील रहेको बताउनुभयो ।
उहाँले घिमिरेले उठाएका विषयलाई समाधानको लागि अधिकतम प्रयत्न गर्न तथा निजको स्वास्थ्यमा पनि ध्यान दिन निर्देशन दिनुभएको छ ।