देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

WorldLink र PUBG मोबाइलले गेमिङ्गखेलमा परिवर्तन गर्ने

देशान्तर

काठमाडौं  । WorldLink र PUBG मोबाइलले गेमिङ्गखेलमा रिवर्तन गर्ने घोषणा गरेका छन् । मोबाइल गेम, PUBG MOBILE एवं नेपालको  ISP, WorldLink बीच यस बारेमा संझौता भएको हो । नेपालमा मोबाइल गेमिङको व्यापक आकर्षण बढ्दै गइरहेको अवस्थामा PUBG MOBILE का नेपालभर ५० लाखभन्दा बढी सक्रिय मोबाइल गेमरहरू रहेका छन् ।
मोबाइल गेमिङ मनोरञ्जनको मुख्य विषय बन्ने क्रममा, गेमिङ समुदायको आवश्यकताहरूलाई सम्बोधन गर्न र उनीहरूको गेमिङको जोशलाई अझै सशक्त रूपमा पूरा गर्न नवीनतम प्रविधिको साथ अगाडि बढ्नु आवश्यक रहेको  वर्ल्डलिङ्कका सीईओले बताए ।
WorldLink र PUBG MOBILE ले यो साझेदारीलाई नेपालको मोबाइल गेमिङको लागि एउटा अभुतपुर्व कदमको रूपमा लिएको छ र यसले रोमाञ्चक गेमिङको जीवन्त अनुभवलाई आत्मसाथ गर्न तत्पर छ।
“थुप्रै विशेषता एवं सुविधाहरूको साथ, नेपाली मोबाइल गेमरहरूले पूर्ण रूपमा नयाँ तहको उत्साह एवं गेमिङको अनुभव प्राप्त गर्न सक्नुहुने छ जसले गेमिङ प्रतिकोदृष्टिकोणलाई पूर्ण रूपमा परिवर्तन गर्नेछ। यो वृहत् भविष्यतर्फको पहिलो कदम हो जसले मोबाइल गेमका लागि नयाँ अवसरहरू प्रदान गर्ने छ र गेमिङ्गको जीवन्त अनुभव प्रदान गर्ने छ” वर्ल्डलिङ्कका सीईओले भने ।

यस साझेदारीको महत्वबारे बताउँदै Tencent South Asia Publishing का सहायक निर्माताले भने -“मोबाइल गेमिङको इकोसिस्टम परिवर्तन ल्याइ नयाँ ब्रान्डका रूपमा नेपाल हाम्रा लागि प्रमुख क्षेत्र बनेको छ। यो खेलको लोकप्रियता मात्र होइन, यस खेलका प्रतिभाहरुले ग्लोबल एस्पोर्ट्स इभेन्टहरूमा प्रतिस्पर्धा समेत गर्दै आएका छन् । PMGC मा DRS, DeadEyes Guys, Skylights Gaming र T2K जस्ता हाम्रा प्रतिभाले PUBG MOBILE को लागि ग्लोबल एस्पोर्ट्स इभेन्टसमा बारम्बार आफ्नो क्षमता प्रदर्शन गरेकाे स्पष्ट रूपमा देख्न सकिन्छ । यस्ता प्रतिभाहरू देख्न पाउँदा ठूलो सन्तोष एवं आनन्द समेत मिल्दछ । CR7 र 4K गेमिङ जस्ता प्रतिभाहरू हरेक दिन बढ्दै गएको छन्, र हाम्रा प्रयासहरू पनि यस्ता गेमिङ समुदायलाई बढाउदै लैजानु पनि हो। हामी मनोरञ्जन मात्र होइन, व्यावसायिक रूपमा अघि बढ्ने अवसरहरू प्रदान गर्न निरन्तर केन्द्रित छौं। त्यसैले हामीले WorldLink लाई एक उत्कृष्ट साझेदारको रूपमा लिएका छौ, यस प्रयासले नेपालमा मोबाइल गेमिङ गर्ने हाम्रो जोश र संकल्पलाई आत्मसाथ समेत गर्दछ, योदक्षिण एसियाकै सबैभन्दा ठूलो सफलता एवं सानो सुरुवात मात्र हो।”

साझेदारीले नेपालमा मोबाइल गेमिङलाई अझ रोमाञ्चक बनाउने विशेष सुविधाहरूएवं विशेषताहरू प्रदान गर्ने छ। नेपालको गेमिङ समुदायका लागि थप रोमाञ्चक अनुभवहरू प्राप्त हुने अपेक्षा समेत गर्न सकिन्छ ।