देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आजको मौसम: देशका धेरैजसो भूभागमा पानी पर्ने

देशान्तर

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

 जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदली  रहेको छ। 

 दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। पहाडी  भूभागका केही तथा तराईका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित  हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

 राती भने देशका पहाडी  भूभागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी  भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। पहाडी  भूभागका थोरै तथा तराईका एकदुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

 देशका पहाडी  भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघ गर्जन र चट्याङ्ग, हावाहुरीबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।