देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारलाई चाँडै पूर्णता दिने निर्णय गठबन्धनको निर्णय

देशान्तर

काठमाडौं । सत्ता गठबन्धनको बैठकले सरकारलाई चाँडै पूर्णता दिने निर्णय गरेको छ । बुधबार बालुवाटारमा बसेको बैठकले सरकारलाई चाँडै पूर्णता दिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

“कांग्रेसले पठाइसक्यो । बाँकी रहेका मन्त्रालय चाँडै पूर्णता दिने कुरा भएको छ,” उनले भने । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई सरकारमा ल्याउने विषयमा प्रधानमन्त्रीले छलफल गरिरेहेको उनको भनाइ छ । “प्रधानमन्त्रीजीले कुराकानी गरिरहनु भएको छ । त्यो कुरामा उहाँले सम्बोधन गर्नुहोला,” लेखकले भने ।

उनका अनुसार आजको बैठकमा सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटका विषयमा पनि छलफल भएको थियो ।

उनले भने, ‘बजेटको प्राथमिकता र सिद्धान्त तोक्नका लागि सरकारले आधारपत्र तयार गर्छ। सरकारको नीति तथा कार्यक्रममा पनि त्यसरी नै गर्ने सहमति भएको छ। आर्थिक प्रतिकुलतालाई मध्यनजर गरेर डेलिभरीमा केन्द्रित बजेट ल्याउनुपर्छ भन्ने सहमति भएको छ।’

यस्तै, अहिले स्पष्ट बहुमत भएकाले सत्ता गठबन्धन फेरबदल हुन नसक्ने प्रष्ट पारे । उनले भने, ‘गठबन्धन र सरकारसँग स्पष्ट बहुमत छ । सरकारसँग भएको बहुमतमा कुनै तलमाथि हुने सम्भावना छैन । त्यसो भएकाले अर्को गठबन्धन बन्ने र यो भत्कने सम्भावना छैन ।’