काठमाडौं । प्रधानमन्त्रीले महिनाको कम्तीमा एकपटक संसद्मा प्रश्नोत्तर कार्यक्रममा अनिवार्य सहभागी हुनुपर्ने व्यवस्था गर्न लागिएको छ ।
प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकमा महिनाको एक दिन पहिलो हप्ता प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीको सहभागिता अनिवार्य गर्न माग गरिएको थियो । त्यससँगै संसद्लाई प्रभावकारी बनाउन प्रधानमन्त्रीलाई प्रश्नोत्तर कार्यक्रम महिनामा एकपटक अनिवार्य गर्न लागिएको समिति सदस्य एवं नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जानकारी दिए ।
संसद्का शून्य, विशेष र आकस्मिक समयमा उठाइएका प्रश्नको जवाफ विभागीय मन्त्रीले नदिने गरेको भन्दै जवाफदेही बनाउनुपर्नेमा समेत सांसदले जोड दिएका थिए ।





प्रतिक्रिया