देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रमेशजंग रायमाझीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदको रेकर्डबाट हटाउन माग

देशान्तर

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभाको आजको बैठकमा एमालले आइतबारको बैठकमा नेपाली कांग्रेसका राष्ट्रिय सभाका सदस्य रमेशजंग रायमाझीले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै नियमापत्ति जनाएको छ।

सोही अभिव्यक्तिलाई लिएर एमालेले नियम आपत्ति जनाएको हो । बैठकमा राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले रायमाझीले दिनुभएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्नुभयो ।

आइतबार राष्ट्रिय सभा सदस्य रायमाझीले एमाले सचिव टोपबहादुर रायमाझीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको जड्खेलो छोरो भन्ने अभिव्यक्ति दिनुभएको थियो ।

उहाँले यस्ता शब्दहरुले संसद र सांसद स्वयंको पनि गरिमा घट्ने बताउनुभयो ।

नियमापत्तिसँगै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अडियो सुनेर नियम विरुद्धमा रहेको भए मंगलबार बस्ने बैठकमा जानकारी गराउने प्रतिवद्धता जनाउनुभयो ।