देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बागझोरामा अवरुद्ध सडक खुल्यो

देशान्तर

हेटौँडा । त्रिभुवन राजपथको बागझोरामा आज बिहान परेको वर्षाले बाढीपहिरो आउँदा अवरुद्ध रहेको राजमार्गलाई पहिरो हटाई आज बिहान ८:३० बजे हेटौँडा–काठमाडौँ दुवै तर्फको यातायात सेवा सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

आज बिहान २:३० बजे बाढीपहिरो आई उक्त राजपथको बागझोरामा हेटौँडा–काठमाडौँ दुवैतर्फको यातायात सेवा अवरुद्ध हुन पुगेको थियो । उक्त राजपथमा लामबद्ध रहेका सवारी साधनहरु दामन, पालुङ र कुलेखानी हुँदै काठमाडौँतर्फ आयन थालेको जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिएका छन ।