काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई टेकु लगिएको छ । उनलाई बिहान निवासबाट पक्राउ गरिएको हो ।

काठमाडौं प्रहरी परिसरका सादा पोशाकका प्रहरीले उनलाई पक्राउ गरेको थियो ।पक्राउ परेका खाँणलाई आजै म्याद थप गरेर अनुसन्धान अघि बढाउन लागिएको प्रहरीले जनाएको छ ।खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । केसीलाई जडिबुटीबाट पक्राउ गरेको हो ।
नक्कली शरणार्थी प्रकरणमा ‘नाम मुछिएका’ कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा र पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँण पत्नी मञ्जु खाँणको संलग्नताबारे पनि प्रहरीले अनुसन्धान थालेको छ ।
प्रहरी स्रोतले दिएको जानकारीअनुसार सार्वजनिक भएको अडियो प्रकरणलाई नजिकबाट अनुसन्धान थालिएको छ भने त्यसमा नाम लिइएका दुई सांसद आरजु राणा देउवा र मञ्जु खाँणको संलग्नताबारे प्रमाण जुटाउने प्रयास गरिएको छ ।उनीहरु पनि दोषी देखिए पक्राउ गर्न सक्ने प्रहरी अधिकारीको धारणा छ । सार्वजनिक भएको एक अडियोमा नक्कली शरणार्थी प्रकरणमा आरजु राणा र मञ्जु खाँणको नाम लिइएको छ ।





प्रतिक्रिया