देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वडा अध्यक्ष चौहानको घरमा बम विस्फोट

देशान्तर

कठकाण्डौँ । नेकपा एमालेबाट खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा चिउरीडाँडाको वडाध्यक्षका उम्मेदवार लिला चौहानको घरमा बम विस्फोट भएको छ ।

उम्मेदवार चौहानका परिवार भान्छा कोठामा खाना खाइरहेको अवस्थामा गए राति बम विस्फोट गराइएको हो । अपरिचित समूहले गराएको बम विस्फोटमा परि चौहानकी बुहारी शकुन्तला चौहान गम्भीर घाइते भएका छन् ।

उनको दुवै खुट्टा डढ्नुका साथै चोट लागेको उम्मेदवार चौहानका भतिज दानबहादुर चौहानले बताए । शकुन्तलाको दाहिने खुट्टाको फिलामा समेत गहिरो चोट लागेको छ । पहिलोपल्ट हानिएको बम विस्फोट नभएपछि तत्काल दोस्रो बम हानिएको स्थानीयवासीले बताएका छन् ।

चौहान परिवारका अनुसार अपरिचित दुई युवकले स्थानीयवासी कृष्ण खत्रीको घर सोधेर गएको आधा घन्टापछि बम विस्फोट भएको हो ।