देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज दिउँसो साढे २ बजेबाट बैठक जारी छ । बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाण, पार्टीको आन्तरिक गतिविधि र प्रदेशहरुमा मन्त्री छनोटका विषयमा छलफ भइरहेको छ ।

बुधबारको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाणलाई पार्टीबाट निलम्बनको प्रस्ताव गरेका थिए । पार्टीका भ्रातृ संस्थाको विस्तार, पार्टीका केन्द्रीय विभाग गठन लगायतका विषयमा पनि छलफल भइरहेको छ । यस्तै मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मन्त्री छान्नेबारे पनि बैठकको एजेण्डा छ ।