देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लडाकूलाई २ लाख वितरण गर्ने निर्णयविरुद्ध रिट दायर :पेसी जेठ २ गते

देशान्तर

काठमाडौं । सरकारले अयोग्य लडाकूलाई २ लाख दिने भनि गरेको निर्णय तत्काल रोक्न माग गर्दै नेपाली कांग्रेसका नेता कुलबहादुर लिम्बूसहित ५० भन्दा धेरै द्वन्द्वपीडितहरुलेसर्वोच्च अदलतमा रिट निवेदन दायर गरेका छन् ।

उनीहरुले आफूहरु वर्षौंदेखि माओवादीका कारण विस्थापित भएको, कब्जा भएको सम्पत्ति नपाएको, घाइतेहरुले उपचार नपाएको तर अयोग्य लडाकूका नाममा रकम वितरण गर्ने कार्य विभेदकारी भएको जिकिर रिट दायर गरेका हुन्।

द्वन्द्वपीडितहरुले आफ्नो रिटमा राज्यले पटक–पटक लडाकूको नाममा रकम वितरण गर्न नमिल्ने जिकिर गरेका छन्। अनमिनले प्रमाणीकरण गर्दा नै रकम वितरण भएको दाबी रिटमा गरिएको छ। रिटको पेसी जेठ २ गतेका लागि तोकिएको छ।