देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आजबाट राप्रपा केन्द्रिय समिति बैठक सुरु हुने

देशान्तर

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा को केन्द्रीय समितिको पूर्ण बैठक आजवाट सुरु हुदैँछ । धुम्बाराही, काठमाडौंमा आजवाट सुरु हुने केन्द्रिय समिति बैठक जेठ ३ सम्म चल्नेछ ।

आजवाट सुरु हुने बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, गत बैशाख १० मा सम्पन्न उपनिर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लाका साङ्गठनिक गतिविधिसहितको रिर्पोटिङ तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरिनेछ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले भावि कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको सङ्गठनको रणनीति र कार्यनीतिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछन् । बैठकमा पेस हुने सबै प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आफ्नो धारणा राख्ने तथा सोही बैठकले पार्टीको आगामी कार्ययोजना र कार्यदिशाका बारेमा आफनो धारणा बनाउने जनाईएको छ । गत वैशाख ३०– ३१ गते बस्ने भनिए पनि तयारी नभएको भन्दै बैठक आजका लागि सारिएको थियो ।