काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरण गम्भीर विषय भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले यो प्रकरणलाई पार्टीले गम्भीरकताका साथ लिएको बताए ।
अर्थमन्त्री समेत रहेका उनले आरोपितमा पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण पनि रहेको भन्दै निष्पक्ष अनुसन्धान हुनुपर्नेमा जोड दिए । खाँणले आफूलाई निर्दोेष सावित गर्ने बताएको उनले जानकारी दिए ।
खाँणले आफूलाई निर्दोष सावित गर्छु भनेकाले पार्टी कुनै निष्कर्षमा नपुगेको उनले बताए । महतले हचुवाका भरमा कसैलाई दोषी भन्न नहुने बताए ।
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सामाजिक सञ्जाल र मिडियामा ‘ट्रायल’ गरिएको टिप्पणी गरे । यसप्रति कांग्रेसको ध्यानाकर्षण भएको उनले बताए । नक्कली भुटानी शरणार्थी प्रकरणमा सांसद आरजु राणाको भन्दै बाहिरिएको अडियो झुटो भएको आफूहरूको विश्वास रहेको उनले बताए । पत्रकार सममेलनमा महतले पार्टी नेत्री मन्जु खाँण कहाँ छिन् भन्ने थाहा नभएको बताए । को कहाँ छ भनेर पार्टीले फलो गर्ने कुरा नभएको बताए ।





प्रतिक्रिया