काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शुक्रवार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् जाँदै छन् । सङ्घीय संसद्का दुवै सदनलाई सम्बोधन गर्न बिना तामझाम सङ्घीय संसद भवन बानेश्वर जाने भएका हुन् । राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीका अनुसार राष्ट्रपति पौडेलले कुनै तामझाम नगर्न निर्देशन दिएका छन् । सडक अवरोध हुने र नागरिकले सास्ती पाउने गरी तयारी नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका उनको भनाइ छ ।
गत फागुन २५ मा निर्वाचित पौडेलले पहिलो पटक सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् । तर, सामान्य रूपमा संसद् गएर फर्कने राष्ट्रपति पौडेलको तयारी रहेको कार्कीले बताए । ‘सडक खाली गराएर तामझाम हुँदैन ।





प्रतिक्रिया