काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भुटानी शरणार्थी प्रकरणमा सरकारको परीक्षा हुने बताएका छन् । अनुसन्धान कसरी भइरहेको छ भनेर आम नागरिकले हेरिरहेको भन्दै उनले यसमा संलग्न कोही पनि छुट्न नहुने बताए ।
सरकारको नीति तथा कार्यक्रममाथि बुधबार संसदमा भएको छलफलमा भाग लिँदै महामन्त्री थापाले अहिले जसरी नामहरु आएका छन्, यसले लाज पनि लजाएको जस्तो भएको बताए । बाहिर आएका नामहरु हेर्दा जिम्मेवारी लिइरहेका मानिसहरु एकपछि अर्को तानिँदै जाने हो कि जस्तो देखिएको भन्दै उनले जसको नाम आएको छ, त्यसको निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरे ।
थापाले सरकारपछि न्यायालयको पनि परीक्षा हुने बताउनु भयो । थापाले समस्या पहिचान गरेर नीति तथा कार्यक्रम कार्यान्वयन गराउन जोड गर्नुपर्ने बताएका छन्। निर्वाचनपछि बनेको सरकारको क्याप्टेन प्रधानमन्त्री हुने थापाको भनाई थियो । उनले प्रधानमन्त्रीको भाषण सुन्दै गर्दा सबै कुरा थाहा भएजस्तो लागेपनि केही थाहा नहुने टिप्पणी गरे।





प्रतिक्रिया