देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुरक्षा प्रयोजनाका लागि प्रदेश नं. १ मा ३३ हजार प्रहरी परिचालन

देशान्तर

दोस्रो चरण अन्तर्गतको स्थानीय तह चुनावका लागि प्रदेश नं. १ मा सुरक्षा प्रयोजनाका लागि ३३ हजार नेपाल प्रहरी परिचालन गरिने भएको छ ।
सुरक्षाका लागि १८ हजार नेपाल प्रहरी र १५ हजार म्यादी प्रहरी निर्वाचन सुरक्षामा खटिने भएका छन ।

पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरिक्षक रमेश भट्टराईका अनुसार स्थानीय तहको चुनावको सुरक्षाका लागि नेपाल प्रहरीको संख्याको अनुपातमा म्यादी प्रहरीको संख्या बढी हुने छ ।

पूर्वाञ्चलमा १३ हजार प्रहरी रहेकोमा चुनावको समयमा अन्य क्षेत्रबाट थप प्रहरी प्रदेश नं. १ का जिल्लामा परिचालन गरिने उनले बताए ।
विगतका वर्षको अनुभबलाई मध्यनजर गर्दै सुरक्षाका लागि आवश्य प्रहरीको परिचालन गरिने भट्टराईले बताए ।

दोस्रो संविधानसभाको चुनावमा पूर्वाअञ्चलमा सुरक्षाका लागि १० हजार ६३ जना नेपाल प्रहरी र करिव १२ हजारको संख्यामा म्यादी प्रहरी परिचालित गरिएको थियो ।