काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी बनाइएका तथा पक्राउ परेकाहरूको शुक्रबारदेखि मात्र न्यायाधीशसमक्ष बयान हुने भएको छ । आज उपत्यकामा सार्बजनिक बिदा परेकाले शुक्रबार मात्र बयान हुने भएको हो ।
बुधबार नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध पाँच अभियोगमा जिल्ला अदालत काठमाडौं मुद्दा दर्ता भएको छ । उक्त मुद्दामा १६ पक्राउ परेका छन् भने १४ फरार छन् ।बयान सकिएपछि थुनछेकको बहस सुरु हुनेछ । थुनछेकको बहसपछि प्रतिवादीहरूलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश हुनेछ ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा ३० प्रतिवादीविरुद्ध ठगी, किर्ते, राष्ट्रियहीतविरुद्धको अपराध, एकीकृत कसुर र संगठित अपराधमा मुद्दा दायर भएको हो ।





प्रतिक्रिया