देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

१६ जना प्रतिवादीहरुको बयान लिन शुरु

देशान्तर

काठमाडौ । नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना प्रतिवादीहरुको बयान लिन शुरु भएको छ । शुक्रवारबाट पक्राउ परेका १६ जनाको बयान लिन शुरु भएको हो । उनीहरुको काठमाडौं जिल्ला अदालतमा न्यायाधीश समक्ष बयान लिइनेछ । नेपालीहरूलाई नक्कली भूटानी शरणार्थी बनाइ अमेरिका पठाउन खोज्ने ३० जनाविरूद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो ।

उनीहरूविरुद्ध ठगी, सरकारी लिखत कीर्ते, राष्ट्रियताविरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ । अहिले आरोपी केशव दुलाल र सागर राईको बयान जारी छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा दिउँसो १ बजे बयान सुरु भएको हो ।
१६ अभियुक्तहरुलाई राखेर बयान गर्न ठाउँ अभाव हुँदा तीन ठाउँ इजलास सारेर बयान सुरु भएको हो । सुरुमा २५ नम्बर इजलासमा परेकोमा ठाउँ पर्याप्त नहुने भन्दै सात नम्बर इजलासमा सारिएको थियो । तर, त्यहाँ पनि ठाउँ अभाव भएपछि १० नम्बर इजलासमा सारेर बयान सुरु भएको हो ।